Namaskar,
As we enter this beautiful festive season, we wish you all a very Happy Tihar, a prosperous Nepal Sambat 1147, and a blessed Chhath Puja! May these auspicious days bring joy, light, and good health to you and your loved ones. We also want to take this opportunity to thank you for your continued support, which strengthens our community every day.
From Board of Directors 2025-2028
Nepal Seattle Society
—————————————————————
Washington State Nepali Community Center (WSNCC) has requested to share the below update about the Community Center Project. You engagement and support plays a vital role in realizing this project.
For more details about the Community Center Project, please reach out to info@nepalicommunitycenter.org or any of the contacts listed below.
“
हाम्रो सपना, हाम्रो पहिचान, हाम्रो साझा घर
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार!
आज हामीले गर्ने सानो सहयोग भोलि हाम्रा सन्ततिको बलियो पहिचानको आधार बन्न सक्छ। यो केवल एउटा भवन निर्माण गर्ने अभियान मात्र होइन; यो त विदेशमा नेपाली अस्तित्व जोगाउने र भावी पुस्ताका लागि एउटा ‘सानो नेपाल’ निर्माण गर्ने ऐतिहासिक यात्रा हो।
वासिङ्टन राज्यमा हाम्रो भाषा, कला, संस्कृति, संस्कार र परम्परालाई जीवन्त राख्ने यो हामी सबैको साझा प्रयास हो। यो अभियान भावी पुस्ताले आफ्नो इतिहास र पहिचानप्रति गौरव गर्न सक्ने बलियो आधार बन्नेछ। यस गौरवशाली यात्रामा यहाँहरूको सहभागिता, सहयोग र सहकार्यले हाम्रो लक्ष्य प्राप्त गर्न ठूलो ऊर्जा प्रदान गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।
आउनुहोस्, हामी सबै एकजुट भई यस अभियानलाई सफल बनाऔँ। आफ्ना सन्ततिको उज्ज्वल भविष्य र नेपाली पहिचानको संरक्षणका लागि आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरौँ। साथै, आफ्ना परिवारका सदस्यहरू, आफन्तजन तथा साथीभाइहरूलाई पनि यस पुण्य कार्यमा सहभागी हुन प्रेरित गरौँ।
तपाईंको आजको सहयोग भोलिको पुस्ताका लागि अमूल्य उपहार बन्नेछ। हाम्रा सन्ततिले हाम्रो यस प्रयासप्रति गर्व गर्दै सगौरव भन्न सकून्— “म नेपाली हुँ!”
धन्यबाद 
वासिंगटन राज्य नेपाली सामुदायिक केन्द
Washington State Nepali Community Center
सम्पर्क >
Email: info@nepalicommunitycenter.org
Website: nepalicommunitycenter.org
Follow us on Facebook
Or any of the Board members or Advisors

No comments:
Post a Comment